एजेन्सी । इरानले अमेरिकामाथि युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाएको छ ।
अमेरिकी सेनाले सोमबार इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव पुनः चुलिएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले दक्षिणी इरानमा रहेका क्षेप्यास्त्र केन्द्र र हर्मुज जलमार्गमा बम राख्ने प्रयास गरिरहेका डुङ्गाहरूलाई लक्षित गरी हमला गरेको बताएको थियो ।
आत्मरक्षाका लागि सोही आक्रमण गरिएको अमेरिकी दावी छ । यस कदमको कडा प्रतिवाद गर्दै इरानको विदेश मन्त्रालयले हर्मोज क्षेत्रमा अमेरिकाले गरेको यस आक्रामक र अनुचित कार्यको गम्भीर परिणाम निस्कने चेतावनी दिएको हाे ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने एउटा अमेरिकी ड्रोन खसालेको र एउटा लडाकु विमानमाथि गोली प्रहार गरेको दावी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्