Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


एशियन गेम्सका लागि महिला क्रिकेट छनोटमा आज नेपालले चीनकाे सामना गर्दै

प्रतियोगितामा नेपालसहित ६ टोलीकाे सहभागिता

13
Shares

काठमाडाैं । जापानमा हुने एशियन गेम्सका लागि महिला क्रिकेट छनोटको खेलमा बुधबार नेपालले चीनकाे सामना गर्दैछ।

खेल मलेसियाको बायुमास ओभलमा बुधबार बिहान पौने १२ बजेदेखि शुरु हुने भएकाे हाे । जारी प्रतियोगितामा नेपालको यो पहिलो र चीनको दोस्रो खेल हो । मंगलबार भएको पहिलो खेलमा चीनले इन्डोनेसियालाई ३ विकेटले पराजित गरेकाे थियाे । प्रतियोगितामा नेपालसहित ६ टोलीकाे सहभागिता रहेकाे छ।

समूह ‘ए’ मा मलेसिया, हङकङ र थाइल्याण्ड र समूह ‘बि’ मा नेपाल, चीन र इन्डोनेसिया रहेका हुन् । हरेक समूहको शीर्ष २ मा रहने देशले आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एशियन गेम्समा स्थान बनाउने भएका छन् ।

छनोटबाट जाने ४ मुलुकले एशियन गेम्समा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र जापानसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।