काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटकाे विषयमा प्रधानमन्त्री बालेन शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राति उनीहरूबीच करिब ४ घण्टा भन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।
प्रधानमन्त्री शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समय पश्चात अर्थमन्त्री वाग्ले र रास्वपा सभापतिसँग संवादमा जुटेका हुन् । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ । आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने अर्थमन्त्री वाग्लेकाे दावी छ।










प्रतिक्रिया दिनुहोस्