Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


रोयल बैंगलाेर गुजरातलाई पराजित गर्दै आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

गुजरात टाइटन्स भने ९२ रनकाे फराकिलाे अन्तरले पराजित

13
Shares

काठमाडाैं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ।

भारतकाे धर्मशाला मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै आरसीबी फाइनलमा प्रवेश गरेकाे हाे । टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाएका छन् । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाएका थिए ।

आरसीबीले दिएको २ सय ५५ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर ३ बलमा १ सय ६२ रनमा अलआउट भयो । पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । गत वर्ष पञ्जाबलाई पराजित गर्दै आरसीबीले उपाधि जितेको थियो ।

साथै आईपीएल क्रिकेटको इलिमिनेटरमा बुधबार राति पौने ८ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।