Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


कोशीसहित ४ प्रदेशमा आज हावाहुरी चल्ने, शतर्कता अपनाउन आग्रह


26
Shares

काठमाडाैं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मंगलबार हावाहुरीको सम्भावना रहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले शतर्कता अपनाउन आग्रह गरेको हाे । विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर र रुपन्देही लगायतका जिल्लामा हावाहुरीको सम्भावना रहेकाे छ ।

महाशाखाले हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले शतर्कता अपनाउन आग्रह गरेकाे हाे ।