काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ ।
मन्त्री चौधरीले पछिल्लो चार महिनाको करिब ५८ करोड वक्यौता दायित्वमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको जिकिर गर्नुभएकाे हाे । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी रहेकाे समेत उहाँकाे भनाइ छ । डीडीसीको अहिले दैनिक झण्डै एक करोड रुपैयाँको कारोबार भइरहेको उहाँले बताउनुभयाे ।
यो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको र बाँकी रहेको रकम ४६ करोड दुई महिनामा भुक्तानी हुने उहाँले बताउनुभएकाे छ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो ।
दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्