Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


प्रधानमन्त्री शाहले आज गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग संयुक्त रूपमा छलफल गर्दै

छलफल द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित हुने

13
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (इयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त रुपमा छलफल गर्नुहुने भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बिहान साढे ११ बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हाे । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताकाे बारेमा जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने बताउनुभयाे ।

यसअघि गत चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग पनि सामूहिक भेट र संवाद गर्नुभएकाे थियाे।