एजेन्सी । रूसले युक्रेनकाे राजधानी कीभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गरेकाे छ।
रुसले सोमबार राजधानी कीभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई समेत शहर छोड्न आग्रह गरेको हाे । रुसले यस अघि गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौं ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए । आक्रमणबाट कीएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो ।
मस्कोका अनुसार रुसले गत हप्ता ओरेश्निक हाइपरसोनिक मिसाइललगायतका हतियार प्रयोग गरेको पुष्टि गरेको छ । यो हतियार ध्वनिको गतिभन्दा १० गुणा बढी छिटो जान्छ र आणविक हतियार बोक्न समेत सक्छ ।
रुसले रुसी अधिनस्थ लुगान्स्क क्षेत्रमा रहेको एक व्यावसायिक विद्यालयमा आक्रमण गरी २१ जनाको ज्यान लिएको आरोप लगाएको केही दिनपछि यो आक्रमण भएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो ।
‘अहिलेको परिस्थितिमा रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि व्यवस्थित आक्रमण शुरु गरिरहेको छ । आक्रमणले निर्णय गर्ने केन्द्र र कमान्ड पोष्ट दुवैलाई लक्षित गर्नेछ । हामीले विदेशी नागरिक, कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय सङ्गठनका कर्मचारीलाई जतिसक्दो चाँडो शहर छाड्न चेतावनी दिइरहेका छौं रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’
युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याए रूसले मध्य किभमा ठूलो आक्रमण गर्ने धम्की दिएको थियो। रुसले यस महिनाको शुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई कीभ खाली गर्न आह्वान गरिसकेको थियो । रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण मात्रामा आक्रमण शुरु गरेको थियो ।
युद्ध दोस्रो विश्वयुद्धपछि युरोपको सबै भन्दा घातक युद्ध बन्दै गएको छ।










प्रतिक्रिया दिनुहोस्