काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
मंगलबार बिहान गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेकाे हाे । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहेको छ। गण्डकी , कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ।
साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हाे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यसैगरी मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको हाे। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्