Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय


910
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसहित चार निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले गरेका चार निर्णय सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

यी हुन् निर्णय

– अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ ।
– कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जसअन्तर्गत मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको छ ।
​– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।