Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


रास्वपा बैठकमा सांसदमाथि आक्रमण, सांसदहरु बैठकस्थलबाट बाहिर निकालिए


4.1k
Shares

काठमाडाैं । रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह ३ का अरविन्द साह, र ४ का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए ।

बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ।

रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गरेका साथीहरुलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरुले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद सुरु भएको थियो।