Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


देश निर्माण गर्न राज्यका ३ वटै अंगको गति एउटै हुनुपर्नेमा सभामुख अर्यालकाे जाेड

मुलुकलाई आवश्यक नीति तथा नियम बनाउन सबैको नियत सफा हुन जरूरी

0
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्नेमा जाेड दिनुभएकाे छ ।

पूर्वसांसद मञ्चले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बाल्दै सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अंगको गति एउटै हुनुपर्ने बताउनुभएकाे हाे । मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्नेमा जाेड छ । त्यस्तै, सभामुख अर्यालले अग्रज पुस्ताहरूको अनुभव, अहिलेको नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि जान सके देश बन्न धेरै समय नलाग्ने धारणा राख्नुभयो ।

सभामुख अर्यालले संघीय संसद्ले आगामी पचासौँ वर्षको भविष्यलाई हेरेर पुराना कानूनहरूको संशोधन या खारेज र नयाँ कानुनलाई अघि बढाउन विशेष ध्यान दिएको उल्लेख गर्नुभएकाे छ । जनताका लागि बनाउने कानून व्यवहारिक हुनुपर्ने भन्दै सभामुख अर्यालले नागरिकलाई सुहाउँदो कानून निर्माणमा सवैबीच सहकार्य आवश्यक रहेको बताउनुभयाे ।

अहिले व्यवहारमा नमिलेका कानूनहरू धेरै देखिएकाले त्यसलाई समेत संशोधन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभएकाे छ ।