काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाकाे शुक्रबार बसेकाे बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो । १ सय २ सदस्यीय मधेश प्रदेशसभामा शुक्रबार १ सय जना सांसद उपस्थित भएका थिए ।
यादवलाई आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले विश्वासको मत दिएका थिए । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिएका थिए ।
यसअघि गत वैशाख २२ गते जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।










प्रतिक्रिया दिनुहोस्