काठमाडाैं । मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गठबन्धन गरेका हुन् । साेही गठबन्धन बनेसँगै जनता समाजवादी पार्टी र जनमत पार्टी भने सरकारबाट बाहिरिएका छन् । सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनुभएको हाे । मुख्यमन्त्री यादवले बिहीबार सांसद मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।
जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्रीलाई हटाइएको छ । जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए । मुख्यमन्त्री यादवले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।
केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेश प्रदेशमा मधेशवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो ।










प्रतिक्रिया दिनुहोस्