काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई पराजित गरेकाे छ ।
भारतकाे अहमदावादमा बिहीबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १ सय ४० रन बनाएर अलआउट भएकाे छ।
गुजरातका साई सुदर्शनले ५३ बलमा ८४ रन बनाएका थिए । कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन बनाएका छन् । त्यस्तै, चेन्नइलाई सस्तैमा समेट्न मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ३/३ विकेट लिएका थिए।
याे हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको छ । आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात १४ खेलमा १८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेकाे हाे । चेन्नई समान खेलमा १२ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा शुक्रबार राति पौने ८ बजेदेखि रोयल च्यालेन्जर्स बैंगलाेर र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्