काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी-स्थानीय वायु र नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
जसको प्रभावले शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेकाे हाे। साथै बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हाे। सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागमा तातो लहर चल्ने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्