Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


जहाजभित्र कफी पोखिएर घाइते भएकी थापाकाे पक्षमा फैसला

अब कतार एयरवेजले घाइते थापालाई साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख

26
Shares

काठमाडाैं। कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको बिहीबारको इजलासले २ करोड ६१ लाख ५२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४ सय ६ रुपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ ।

करिब तीन वर्षअघि बोस्टनबाट दोहा हुँदै काठमाडाैं फर्किने क्रममा ललितपुरकी प्रिती थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते भएकी थिइन् । उनले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।

यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालतमा गएकी हुन् । थापाले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गरेकी थिइन् ।