Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै (सम्भावित-कार्यसूचीसहित)

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनसहित ४ विधेयक प्रस्तुत गरिंदै

39
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक बिहीबार पनि बस्ने भएको छ ।

बैठक सिंहदरबारमा बिहीबार बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जनाएकाे हाे। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

त्यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेकाे हाे ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने भएकाे छ । विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने भएकाे हाे ।

अर्थ मन्त्री वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।