काठमाडाैं । विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २ सय १८ जनाको आवेदन परेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कूल २ सय १८ वटा आवेदन प्राप्त भएकाे जनाएकाे छ। सबै भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन परेका हुन् । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्