एजेन्सी । चीनले अमेरिकी विमान कम्पनी बोइङसँग २ सय वटा विमान खरिद गर्ने सम्झौता भएको पुष्टि गरेको छ ।
गत हप्ता बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो । बुधबार चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्टपुर्जा आपूर्तिको सुनिश्चतता गर्ने बताएको बीबीसीले जनाएको हाे ।
अमेरिका र चीन दुवै देश गत वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएकाे उल्लेख गरिएकाे छ । यसका साथै दुवै पक्षले करिब ३० अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने भएका छन् ।
राष्ट्रपति ट्रम्प चीन भ्रमण सम्पन्न गरेर फर्किए चिनियाँ राष्ट्रपति जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत वार्ता गरिरहेकाे समयमा यस्ताे घोषणा आएको हो ।










प्रतिक्रिया दिनुहोस्