Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सरकारले न्यायालयमा राजनीति छिरायोः नेकपा सांसद पुन


572
Shares

काठमाडाैं ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाएका छन् ।

उनले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पारे । उनले पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘हामीले न्यायालयमा राजनीति गरेका छैनौँ । अहिले सरकारपक्षलाई वरियता मिचेर चौथो वरियतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ । उनहरुले राजनीति गरे, ८० वर्ष न्याय इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ । यसमा मैले थप टिप्पणी गर्न आवश्यक छैन । संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयाे । प्रक्रिया पुरा गर्ने हाम्रो माग थियो । तर सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौँ ।’

उहाँले दुई तिहाई नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरुले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताएका छन् ।