Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठ बगायाे


0
Shares

काठमाडाैं । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा मंगलबार राति एक्कासि आएको असिना–पानीसहितको बाढीले क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले एक विद्यालय, खेतीयोग्य जमिन तथा भेडा बाख्राको गोठ बगाएको जनाएको हाे। विकट मानिने नेप्का क्षेत्रमा आएको बाढीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ । मानवीय क्षति भए-नभएको बारेमा विवरण प्राप्त नभएको प्रहरीले बताएकाे छ ।

घटनापछि मेल्छाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको हाे । तर भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै ६ घण्टा लाग्ने अनुमान छ । क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएकाे हाे ।