काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा बुधबार अत्याधिक रुपमा गर्मी हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै बुधबार दिउँसोदेखि साेही प्रदेशमा तापक्रम निकै बढ्ने सम्भावना रहेकाे जनाएकाे हाे। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महशुस हुने भएकाे छ। बुधबार सबै भन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान गरिएकाे छ। धनगढीको अधिकतम तापक्रम बुधबार ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको हाे।
त्यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने जारी बुलेटिनमा उल्लेख गरिएकाे छ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुने महाशाखाले जनाएकाे हाे ।
पश्चिमी तराईमा गर्मी बढिरहँदा देशका पहाडी तथा पूर्वी भू-भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। संघीय राजधानी काठमाडौंसहित पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। विशेषगरी ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशतसम्म मध्यम वर्षाको सम्भावना रहेको हाे। काठमाडौंको अधिकतम तापक्रम बुधबार २७ देखि २९ डिग्री सेल्सियसकोबीचमा रहने भएकाे छ । छ।
बुधबार रातिको मौसम सुदूरपश्चिमका डडेल्धुरा, दिपायल, धनगढी लगायतका सहरहरूमा आकाश मुख्यतया सफा रहनेछ। तर मध्य र पूर्वी भेगका अधिकांश स्थानमा राति पनि मौसम नखुल्ने महाशाखाले जनाउकाे हाे । पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर र ताप्लेजुङमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेकाे छ।
पहाडी तथा हिमाली जिल्लाहरू जोमसोम र जुम्लामा भने बुधबार दिउँसो र राति पनि मौसम आंशिकदेखि साधारणतया बदली मात्र रहने महाशाखाले जनएकाे हाे।











प्रतिक्रिया दिनुहोस्