Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


देशका चार प्रदेशमा आज दिउँसाेदेखि वर्षा र हिमपात हुने


0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।

बुधबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बुधबार दिउँसो भने कोशी, मधेश, बागमती , गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको हाे ।

कोशी, बागमती, गण्डकी र मधेश प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेकाे हाे । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, बुधबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।