Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरू हुने


0
Shares

काठमाडाैं । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यहि जेठ ११ गतेदेखि शुरु हुने भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको हाे । यहि जेठ ११ गते सोमबार दिउँसाे २ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयले मंगलबार जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।

बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।