२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


प्रदेश राजधानीको विषयले धनगढीमा तनावपूर्ण अवस्था (भिडियो)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज ११ । प्रदेश नम्बर–७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्ने प्रस्तावविरुद्ध बिहीबार धनगढी दिनभर ठप्प रह्यो ।

गोदावरीमा स्थायी राजधानी बनाउने प्रस्तावविरुद्ध आक्रोशित भएका धनगढीवासीले आमहडताल गरेका हुन् ।

राजधानी सार्नुपर्ने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेस भएसँगै धनगढीमा तनावपूर्ण अवस्था सिर्जना भएको हो ।

प्रदेश–७ को अस्थायी राजधानी रहेको धनगढीमा राजधानीका लागि करोडौं रुपैयाँ खर्च भइसकेकाले अन्यत्र राजधानी सार्न नहुने भन्दै धनगढीवासी आन्दोलित बनेका हुन् ।

गोदावरीमा जंगल मासेर राजधानी बनाउने प्रस्ताव आएपछि स्थानीयवासीले विरोध गरिरहेका छन् ।

बन्दका कारण बिहीबार धनगढीबजार दिनभर ठप्प रह्यो । जसका कारण सर्वसाधरणको दैनिकी अस्तव्यत बन्यो ।

बन्दकर्ताले ठूला सवारी–साधनसँगै अटोरिक्सासमेत चल्न नदिएपछि मारमा परेका सर्वसाधारण भने बन्दको विकल्प खोज्नुपर्ने धारणा राख्छन् ।

बन्दलाई मध्यनजर गर्दै धनगढीमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

मंगलबार प्रदेश–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले प्रदेशको राजधानी गोदावरी र नाम ‘सुदूरपश्चिम’ राख्नुपर्ने सुझावसहितको प्रतिवेदन संसदमा पेस गरेसँगै धनगढी तनावग्रस्त बनेको हो ।

भिडियो हेर्नुहोस्