काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गर्नुभएको हो । अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गर्नुभयो ।
विरोधका लागि कालो वस्तु प्रयोग गरिन्छ । अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरे पनि उहाँको यो अभिव्यक्ति र कालो पोशाकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी मुलुकमा राजतन्त्रको विषयलाई लिएर बहस भइरहेका बेला ठाकुरको यो सङ्केतलाई कतिपयले पुनः राजतन्त्रको वकालत वा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा विश्लेषण गर्न सकिन्छ । उहाँले आफ्नो पहिचान र देशको विद्यमान परिस्थितिलाई जोड्दै दिएको यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।
उहाँले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्