काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले मंगलबार विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपाल बार एसोसिएसनको आह्वानमा बार परिसरमा भेला भई दिउँसै लालटिन बालेर विरोध जनाइने भएको हो ।
बारका महासचिव केदार कोइरालाका अनुसार कानुन व्यवसायीहरू परिसरमा भेला भइरहेका छन् र प्रदर्शनअघि न्यायको खोजीबारे संक्षिप्त सम्बोधन गरिनेछ । बारले बिना कारण दरपीठका निवेदन दर्ता नगर्नु प्रशासनको अधिकारबाहिरको कार्य भएको ठहर गर्दै यसले न्यायिक प्रक्रियामा अवरोध पुर्याएको जनाएको छ ।
साथै, कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगरेको भन्दै बारले प्रशासनको कदमलाई ‘असाधारण र अप्राकृतिक’ भन्दै आलोचना गरेको छ ।










प्रतिक्रिया दिनुहोस्