Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


मापदण्ड विपरीतका अस्पतालहरूमाथि कडा कारबाही गर्न माग


0
Shares

काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् । सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरूलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गरी सरकारले स्वास्थ्यकर्मीहरूको उचित सम्मान गर्न आवश्यक रहेको उनको भनाई थियो । सांसद ढकालले भनिन् ‘स्वास्थ्य सेवा खस्किँदै गएको छ । बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन रु मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् ।

र स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढंगले पारिश्रमिक दिइयोस् ।’ सांसद ढकालले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रयास गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन् ।