Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


कास्कीमा वैशाखमा साढे ५२ सय बढी सवारी चालक प्रहरीकाे कारबाहीमा

४४ लाख ८ हजार रूपैयाँ बढी राजस्व संकलन

0
Shares

काठममाडाैं । जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा ५ हजार २ सय ६३ जना सवारी चालकलाई कारबाही गरेकाे छ।

साेही अवधिमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएकाे हाे । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको हाे । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए।

बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको छ । चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको हाे ।

सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार र प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत विषयमा नमुना जाँच कार्यक्रम समेत भइरहेको प्रहरी कार्यालयले जानकारी गराएकाे छ।,