Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


राजस्व कार्यालय भद्रपुरले उठायाे १० महिनामा ३ अर्ब ६१ करोड रूपैयाँ बढी राजस्व

राजस्व संकलन वृद्धि गर्ने राजस्व कार्यालय लक्ष्य

0
Shares

काठमाडाैं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो । उहाँले गत वैशाख महिनामा ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र संकलन भएको बताउनुभएकाे छ ।

कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा आयकरबाट एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट एक अर्ब २८ करोड ८० लाख १० हजार र अन्तः शुल्कबाट ४९ करोड ९७ लाख ३२ हजार राजस्व संकलन भएको छ ।

कार्यालयले करदाता सचेतना, नियमित अनुगमन र कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व संकलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको हाे।