काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको जनाएकाे छ ।
मंगलबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिकमली भू-भागमा साधारणतया बादल लागेको हाे । बागमती-गण्डकी प्रदेशका तराई र बाकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको हाे। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । मधेश , बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र मधेश प्रदेशको पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा-हिमपात सम्भावना रहेको हाे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, मंगलबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । मधेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्