काठमाडाैं । रोयल च्यालेन्जर्स बैंगलाेर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संकरणको प्ले–अफ्मा पुग्ने पहिलो टोली बनेको छ ।
भारतमा आइतबार राति भएकाे पहिलाे चरणकाे खेलमा बैंगलाेरले पञ्जाव किंग्सलाई २३ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै प्ले–अफ्मा ठाउँ निश्चित गरेको हो । लिगमा १३ खेलबाट बैंगलाेरको १८ अंक भएको छ । समान खेलबाट १६ अंक जोडेको गुजरात टाइटान्स दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको सनराइजर्स हैदरावादको पनि क्वालिफयारमा पुग्ने सम्भावना बलियो रहेकाे हाे ।
आईपीएल क्रिकेटमा आइतबारै भएको दोस्रो चरणकाे खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेकाे छ। दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएकाे हाे । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाउँदा कप्तान रियान परागले ५१ रनको योगदान दिएका थिए ।
जवाफमा १ सय ९४ रनको लक्ष्य दिल्लीले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाएका छन्। याे जितसँगै दिल्लीले १३ खेलमा १२ अंक जोड्दा राजस्थानको पनि १२ खेलमा १२ अंक मात्रै छ ।
आईपीएल क्रिकेटमा साेमबार राति पाैने ८ बजेदेखि चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्