Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


एशियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको बिदाई


13
Shares

काठमाडाैं । मलेशियामा हुने दुई वटा अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार काठमडाैंमा एक कार्यक्रमकाबीच साेही टोलीको बिदाई गरेको हो । नेपालले मलेशियामा यहि मे २३ देखि ३१ तारिखसम्म ‘एशियन गेम्स महिला छनोट’ र लगत्तै जुन १ देखि १३ तारिखसम्म ‘एसीसी महिला प्रिमियर कप’ खेल्ने भएकाे छ ।

प्रतियोगिताका लागि क्यानले इन्दु बर्माको कप्तानीमा टोली घोषणा गरेको हाे । टोलीमा १४ सहित ४ जना वैकल्पिक खेलाडी रहेका छन् ।