काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत रहेको आरोप लगाउनुभएकाे छ।
काठमाडौंमा आइतबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको छलफल कार्यक्रममा बाेल्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको समेत टिप्पणी गर्नुभयाे ।
उहाँले आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यम भन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचक छानेर ‘ठेगान लगाउने’ उपकरणका रूपमा प्रयोग गर्न खोजिएको आशंका व्यक्त गर्नुभएकाे छ।
नेता महरले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीताका नाममा चालिने हरेक कदम निष्पक्ष, विश्वसनीय र समान हुनुपर्नेमा जाेड दिनुभयाे । सम्पत्ति छानबिनको दायरा सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र र सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्नेउहाँकाे तर्क छ।










प्रतिक्रिया दिनुहोस्