Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


कोशी र बागमतीसहित देशका-६ प्रदेशमा आज पनि वर्षा हिमपात हुँदै


0
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जनाएकाे छ ।

साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम पानी परिरहेको हाे । त्यस्तै, सोमबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश र बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहने भएकाे हाे ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यमसम्म वर्षा-हिमपात हुने भएकाे छ। मधेश, कोशी, बागमती, गण्डकी र बाँकी पहाडी-हिमाली तथा तराईका भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको महशाखाले जनाएकाे छ।

त्यस्तै, सोमबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।