काठमाडौं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाउनुभयो । उहाँले नेता वा सरकार संविधानभन्दा माथी नहुने उल्लेख गर्दै सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
सरकार संवैधानिक सीमाभन्दा माथि जान नसक्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो । कानूनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने कांग्रेसको पूर्ण समर्थन रहने उहाँले उल्लेख गर्नुभयो ।
सभापति थापाले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाको लागी काँग्रेसले सडक र सदनबाट सधै सर्षघ गरिरहने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका सभापति थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूले कोशिस गरिरहेको बताउनु भयो । समस्या समाधानका लागि आफू हदैसम्म लचिलो रहेको भन्दै उहाँले १४औँ महाधिवेशनबाट केन्द्रिय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताउनुभयो ।
महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रिय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उहाँले सबै नेताहरुसंग मिलेर काम गर्न चाहेको बताउनु भयो । उहाँले पार्टीको विवाद समाधान गर्नको लागि पटक पटक छलफल गरिरहेको भएपनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टी जनाउनुभयो ।
कांग्रेस महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको तर्क गर्दै उहाँले सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको जिकिर गर्नुभयो ।
उहाँले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उल्लेख गर्दै यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताउनु भयो । नेपाली कांग्रेसले प्रदीप पौडेल,
उहाँले म नै सबैथोक हुँ भन्ने मनोविज्ञान प्रधानमन्त्रीमा हाबी भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने औँल्याउनु भयो ।










प्रतिक्रिया दिनुहोस्