काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।
काठमाडाैंमा आइतबार मदन भण्डारी र जीवराज आश्रितको ३३औं स्मृति दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारी जारी गरेको सन्देशमा दिवङ्गत नेताद्वयबाट कम्युनिष्ट आन्दोलन एवं एमालेको सङ्गठन विस्तारमा भएको योगदानको स्मरण गर्नुभएकाे हाे ।
साेही सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गप्रशस्त गर्दै एमालेलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयाे ।










प्रतिक्रिया दिनुहोस्