Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रतिनिधिसभाको आगामी डेढ महिनाको क्यालेन्डर सार्वजनिक

प्रधानमन्त्रीसँग हुने सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने क्यालेन्डरमा राखिएन

26
Shares

काठमाडाैं । प्रतिनिधिसभाको आगामी डेढ महिनाको क्यालेन्डर सार्वजनिक भएको छ ।

तर, क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन । प्रतिनिधिसभाको आगामी १५ असारसम्मको क्यालेन्डर सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५५ बमोजिम म्यालेन्डर सार्वजनिक गरिएको शनिबार संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको हाे । यदि तय भएको दिन बैठक बस्न नसके त्यसपछिको पहिलो बैठकमै प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने प्रावधान पनि नियमावलीमा छ । तर शनिबार सार्वजनिक गरिएको नयाँ संसदीय क्यालेन्डरमा यहि जेठ र आगामी असार दुवै महिनाका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।

यस नियमअनुसार, यसअघिका सबै प्रधानमन्त्रीले कम्तिमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै आएका थिए । तर यस पटक भने दुई तिहाईको जनादेश पाएको रास्वपा सरकारले उक्त अभ्यासलाई बेवास्ता गरेकाे छ ।