Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


२ हजार २९ जना सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

कारबाहीमा चार लाख १७ हजार राजस्व संकलन

13
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार २९ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा चार लाख १७ हजार राजस्व दाखिला भएको जनाएकाे हाे । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय ८ जनालाई कारबाही गरिएको बताएकाे छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १ सय २६ र अन्य सवारी नियम फालना नगरेका एक हजार १ सय ३९ जनालाई कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे हाे ।