काठमाडाैं । नेकपा एमालेले आइतबार ३३ औं मदन–आश्रित स्मृति दिवसलाई विविध कार्यक्रमकाे आयाेजना गरी मनाउँदैछ ।
पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आइतबार देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम हुने भएकाे हाे । काठमाडौंको मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठी आयोजना हुँदैछ ।
अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेकाे हाे । जननेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ । भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियाे ।
३३ वर्ष बितिसक्दा पनि साेही घटना कसरी भयो भन्ने बारेमा अझै पनि अन्यौलता कायमै रहेकाे हाे । दासढुंगा दुर्घटनालाई एमालेजनले षड्यन्त्रमूलक हत्याको रुपमा हेर्ने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्