Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


आईपीएल क्रिकेटमा कोलकता राइडर्सको गुजरात टाइटन्समाथि शानदार जित

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलाे चरणमा पञ्जाव किङ्गस र रोयल बैंगलाेरबीच प्रतिस्पर्धा हुने

52
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनको फराकिलाे अन्तरले शानदार जित हासिल गरेकाे छ।

इडन गार्डेन्समा शनिबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २ विकेट गुमाएर २ सय ४८ रनकाे विशाल लक्ष्य बनाएको हाे। उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गरेका छन् । २ सय ४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रनमा सीमित भएको हो ।

गुजरातका ब्याटरले क्रिजमा टिकेर रन जोडे पनि कोलकताको बलिङ आक्रमण र विशाल रनरेटको दबाबका कारण टोली लक्ष्यभन्दा २९ रनले पछि परेको छ । उसका लागि फिन एलन, अङ्कृष्ण रघुवंशी र क्यामरुन ग्रीनले अर्धशतक प्रहार गरेका थिए । ओपनर फिनले ९३ रन बनाउँदा रघुवंशीले ८२ र ग्रीनले नटआउट ५२ रन जोडेका हुन् । तर उक्त रन जितका लागि पर्याप्त भएन ।

कोलकताका स्पिनर सुनिल नारायणले किफायती बलिङ गर्दै गुजरातको रनको गतिमा ब्रेक लगाएका छन्। उनले आफ्नो स्पेलमा मात्र २९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच बनेका थिए ।तालिकाको सातौं स्थानमा रहेको कोलकताले यो जितसँगै १२ खेलमा ११ अंक जोडेको हाे । १३ खेल खेलिसकेको गुजरात भने १६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।

साथै आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुने भएकाेहाे । पहिलाे चरणमा आइतबार दिउँसो पौने ४ बजे पञ्जाव किङ्गस र रोयल च्यालेन्जर्स बैंगलाेरबीच प्रतिस्पर्धा हुने भएकाे छ। त्यस्तै, दाेस्राे चरणमा आइतबार रात पौने ८ बजेदेखि राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सकाे सामना गर्ने भएकाे हाे ।