Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्की दिने युवक पक्राउ


637
Shares

काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

वडा सचिवलाई धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले तत्काल कानुनी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।