काठमाडाैं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबर पुगेको छ ।
महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनका अनुसार निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० साल असार ४ गते र २०७४ साल जेठ २८ गते कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो । त्यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो ।
कूल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ ।










प्रतिक्रिया दिनुहोस्