Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य ह्वात्तै घट्याे

एकैदिन सुन तोलामा ४ हजार रूपैयाँले घट्यो

26
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार फेरि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

बिहीबार तोलामा तीन सय सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार चार हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार प्रतितोला पाँच हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर शुक्रबार भने चाँदी तोलामा ५ हजार ३ सय ९० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार पाँच सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।