Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश


741
Shares

काठमाडौँ । सरकारी खरिद प्रतिस्पर्धामा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा पक्राउ परेका विक्रम पाण्डे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ ।

जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्का को इजलासले कर्मचारी र निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध दायर मुद्दामा १२ जनालाई धरौटीमा रिहा तथा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

प्रहरीको केन्द्रीय साइबर ब्युरो (सिआइबी)ले सरकारी खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको आरोपमा अनुसन्धान गरेको थियो।