काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी)ले कोलकता नाइट राइडर्सलाई पराजित गरेकाे छ।
रायपुरमा बुधबार राति भएकाे खेलमा आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको हाे । टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १ सय ९२ रन बनायो । कोलकताले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको आरसीबीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे छ।
आरसीबीको जीतमा कप्तान विराट कोहलीले अविजित रहँदै ६० बलमा १ सय ५ रनको शतकीय पारी खेलेका हुन् । त्यस्तै, देवदत्त पडिक्कलले ३९ रन बनाएका थिए। आईपीएलको अंक तालिकामा आरसीबी १२ खेलमा १६ अंकका साथ तालिकाको शीर्षस्थानमा पुगेको छ । कोलकता ११ खेलमा ९ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा बिहीबार राति पौने ८ बजे धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे।










प्रतिक्रिया दिनुहोस्