काठमाडाैं ।
आज शेयर बजार परिसुचक नेप्से सामान्य अंकले घटेको छ ।
चार अंकले घटेको बजारमा कारोवार उल्लेख्य घटेको छ भने कारोवार भएका शेयरको संख्यामा पनि गिरावट आएको छ । आज ५६ लाख ४३ हजार कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाखमा किनबेच भएको छ ।
कारोवारमा आएका १३ उपसमूह मध्ये उत्पादन र व्यापार समूह सामान्य अंकले बढ्नु बाहेक सबै समूहमा रातो रहे । यसदिन एसियन हाइड्रोको सेयर सबैभन्दा बढी ११ प्रतिशतले बढ्दा धौलागिरी लघुवित्त वित्तिय संस्थाको शेयर ११ प्रतिशतले नै घटेको छ ।
३ सय ३९ कम्पनीको कारोवार भएको बजारमा ८२ कम्पनीको मात्र मूल्य बढेको छ, १ सय ७६ कम्पनीको घटेको छ । आज एस वाई प्यानलको शेयर सबैभन्दा बढी २७ करोड ७९ बढीको कारोवार भएको नेप्सेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्