काठमाडाैं ।
नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले नेपाली सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए ? भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सेनाको भूमिकामाथि शंका व्यक्त गर्दै यस्तो प्रश्न गर्नुभएको हो । आफूले संसदमा सिंह दरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ ? भनेर प्रश्न उठाएको बताउनु भयो । उहाँले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुक ध्वस्त पारिएको विषय सरकारको नीति तथा कार्यक्रममा नअटाएको भन्दै आपत्ति जनाउनुभयो ।
नेता थापाले भन्नुभयो, ‘सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए ? मैले संसदमा त्यो प्रश्न उठाएको हो । मुलुक र सिंहदरबार बस्दा सेना किन मौन बस्यो ? भनेर त्यो प्रश्न उठाएको हुँ । यो प्रश्नको जवाफ नीति तथा कार्यक्रममा आएन । मेरो कारण एमाले झन माथि उठ्छ ।’
उहाँले नेकपा एमालेलाई अझै सशक्त रुपमा माथि उठाउन भूमिका खेल्ने बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्