Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै


91
Shares

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ श्रृंखला अन्तर्गत मंगलबारदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान साढे ९ बजेदेखि नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा हुने भएकाे हाे । साेमबार रातिको वर्षाले मैदान ओसिलो छ । यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलको थियो । नेपालले चारमध्ये ३ खेलमा जित निकालेको थियो । लिग–२ मा नेपाल १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका ३६ अंकसहित पहिलो र स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।

यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग दुई-दुई वटा अभ्यास खेल खेलेकोमा सबै जितेको छ । नेपाल ‘ए’ टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन् । नेपालले आगामी जेठ २ गते अमेरिकासँग, जेठ ४ मा फेरि स्कटल्यान्डसँग अनि जेठ ८ गते अमेरिकासँग खेल्ने भएकाे हाे ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी रहेका छन् ।

Skip This